लौन के गर्ने(Lyrics) - Neetesh J. Kunwar


  •  लौन के गर्ने(Lyrics) - Neetesh J. Kunwar


राजधानीमा जिउन लास्टै गारो भो
धुलो धुवाँ सास फेर्न नै सारो भो
जाँदा लाको सेतो कपडा,पुग्दा कालो भो 
कल्ले के भन्ने
कल्ले के भन्ने
काइदा कानुन संबिधान मै अट्कियो
दु:ख पाउन सारा नेपाली पल्कियो
बस्दा बस्दै नेता जिउको ढाडै सड्कियो
कल्ले के भन्ने
लौन के गर्ने

[Music..]

ट्याक्सी भित्र मिटर कहिलै चल्दैन
500 घटी पाङ्ग्रै उसको सर्दैन
चेकिंग गर्दा ट्राफिक दाइले वास्तै गर्दैन
कल्ले के भन्ने
कल्ले के भन्ने
बाटो यहाँ ढिलै भएनी बढ्या छन् 
नियम छैन जथाभाबी गर्या छन्
दुर्घटनाले दिनकै मान्छे मर्या मर्यै छन्
कल्ले के भन्ने 
लौन के गर्ने

[Music..]

खर्च धेरै बढ्या होइन आम्दानी
केहि पुग्दैन जति दु:ख गर्दा नि
साउलाई  बालै छैन मैले सुली चड्दानि
कल्ले के भन्ने 
कल्ले के भन्ने
बेरोजगारी हाम्रो चलन चल्तीमा
पोट र क्यारम  दोबाटो र गल्लिमा
आधा विदेश आधा भने Musically मा
कल्ले के भन्ने
लौन के गर्ने

[Music..]

लोकल बसमा मान्छे धेरै हाल्देर
हिडेको छ बस नै पुरै बाँङ्गगेर
ओभरटेक हान्दै छ अझै सबलाई सान देर
कल्ले के भन्ने 
कल्ले के भन्ने
मन्त्रि आउछ गाडी भित्र सझेरा
के को हत्तार किन त्यसै बत्तेरा
भोट हाल्ने जनतालाई नै साईड लाग भन्देर
कल्ले के भन्ने
लौन के गर्ने

[Music..]

रुपै कालो कान्तिपुर नगरीएको
पानी पर्दा सारा सहर नदि भो
हिडेका छन् रेलिङ्ग चढि यो त अत्ति भो
कल्ले के भन्ने
लौन के गर्ने
हामी पनि केहिनी यहाँ कम छैन
कुरा काट्न कहिले पछी हट्दैनम् 
घरमा हिरो बाहिर केहि नि गर्न सक्दैनम् 
कल्ले के भन्ने
लौन के गर्ने
यस्तै चलि रहयो भने ए साइला 
नयाँ नेपाल हेर्न कहिले नपाइएला 
इज्जत हाम्रो इतिहास मै बाकी रहिदेला
कल्ले के भन्ने
लौन के गर्ने
कल्ले के भन्ने
यहाँ 
लौन के गर्ने
[समाप्त ]

Comments

Popular Posts