Swoopna Suman - K Saro Ramri Vako(Lyrics)


सात समुन्द्र पारीको त्यो सहरमा

के छ सुनाउन तिमो खबर?

Seattle सहरको त्यो बगरमा

तिमीसँग हिड्न लाग्यो मलाई रहर

दुई चार वर्ष पनि बिति सक्यो

मसँग भेत्न कहिले अउछौ भन?

ओठ माथिको त्यो कालो कोठी तिम्रो

नाजिक आई कहिले देखाउछौ?

लजालु आँखा धेरै पाछि देखाको

आवाज तिम्रो मैले कुरी बसेको

कुरा सुनेर तिम्रो मन रमाएको

बोलिमा तिम्रो किन म हराएको?

ए सुनन! के सारो राम्री भाको

ए सुनन! के सारो राम्री भाको

New Yorkमा मेरो गितार गुन्जिदा

त्यो भिडमा तिमी पनि आउनु है

उडासिपनले काहिले कहि सताउदा

सुनेर गित यो रमाउनु है

सपना बुन्ने मान्छे म थाहै छ तिमीलाई

सपना देख्न कहिल्यै नडराउनु है

यादहरुको घर तिमीले सजाउदा

मेरो लागि पनि थोरै बनाउनु है

हो तिम्रो लागि मैले गित कोरेको

मुसुक्क मुस्कुराउदा मन रमाएको

आँखैको गाजलुले क्या सुहाएको

कुरा अधुरो छोडि कहाँ हराएको?

ए सुनन! के सारो राम्री भाको

ए सुनन! के सारो राम्री भाको

तिमी र मैले हिड्ने बाटो अर्कै छ

समय थोरै सपना ठूलो छ

संसार सामू मेरो गित पुर्याउनु छ

थाकेको छैन म यो बाटो लामो छ

आशा नमार हामी चाडै भेटुला

आशा नमार हामी चाडै भेटुला

आएर सामु तिम्रो फेरी बनाउला म

ए सुनन! के सारो राम्री भाको

ए सुनन! के सारो राम्री भाको

(end)


Comments

Popular Posts